नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक मंगलबार पनि बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने नेताले बताएका छन् ।
माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले आजदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने प्रतिक्रिया दिए ।
