काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बालुवाटारबाट माधव नेपाल पक्षलाई हाँक दिँदै भनेका थिए, ‘स्पष्ट हुन जरुरी छ, जो पार्टीको पक्षमा बोलिरहेको छ, त्यो पार्टीको नेता–कार्यकर्ता हो, जो पार्टीको पक्षमा बोलिरहेको छैन, नेता–कार्यकर्ता होइन । यति क्लियर छैन र कुरा ? … छद्म हो भने थाहा पाएका दिन हट्छ, खुलेआम हो भने हटाइँदैछ भन्ने थाहा पाए हुन्छ… ।’
ओलीले माधव नेपाल पक्षलाई सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन धम्क्याउँदै भनेका थिए, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज–जसको कायम रहन्छ, ती पार्टी कार्यकर्ता होइनन्, नेताहरु हैनन् । मुद्दाको फैसला हुँदासम्म ।’
