एटीएमबाट अवैधानिक रुपमा पैसा झिक्ने दुई जनालाई प्र/हरीले प/क्राउ गरेको छ। मिति एक्सपायर भइसकेको कार्डबाट पैसा झिक्नेलाई प्र/हरीले पक्रा/उ गरेको हो।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्वीचमार्फत सिद्धार्थ बैंकको एटीएम प्रयोग गरी विदेशी कार्डबाट पैसा झिकिएको छ। महानगरीय प्र/हरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले दुई जनालाई प/क्राउ गरेको पुष्टि गरेका छन्।
३० वर्षकी सावित्री तामाङ र ५७ वर्षका जगत गुरुङले पैसा झिकेका हुन्। उनीहरुले ४२ लाख रुपैयाँ झिकेको प्र/हरीको दाबी छ। उनीहरुको कालोपुलस्थित डेराबाट ३० लाख रुपैयाँभन्दा बढी बरामदसमेत भइसकेको छ।
उनीहरुले असार १३ गते पहिलो पटक कार्ड प्रयोग गरेर पैसा झिकेका थिए। एक्सपायर भएको कार्ड त्यो पनि मौज्दात नहुँदा नहुँदै पैसा झरेपछि उनले नियमित रूपमा एटीएम घोट्न थालेका थिए।
उनीहरुले सुरुमा ६ हजार रुपैयाँ झिकेका थिए। जबकी मौज्दात थिएन। पैसा धमाधम झर्न थालेपछि उनीहरुले ठूलो ठूलो रकम झिक्न थालेका थिए। तीन दिनमा उनीहरुले ४२ लाख रुपैयाँ झिकेको प्र/हरीको दाबी छ।
