डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आ/गजनी भएको छ ।
मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमवार राती करीव १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । डोजर पूर्ण रुपमा ज/लेर न/ष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रविन्द्र चन्दका अनुसार डोजर चालक भरतबहादुर बमले डोजर आ/गजनी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय बिपिनगरका प्र/हरी निरीक्षक मोहन साउँद नेतृत्वको प्र/हरी टोली घटना स्थलमा पुगेको छ ।
डोजर कसले र किन ज/लाएको हो केही पत्ता नलागेको र अनुसन्धान जारी राखिएको प्र/हरीले जानकारी दिएको छ ।
