नेपाली सेनाले बाढीका कारण सडक र पुलमा क्षति भई सडक सञ्जाल विच्छेद भएका सिन्धुपाल्चोकका विभिन्न ठाउँहरुमा राहत सामाग्री ढुवानी गरेको छ।
सिन्धुपाल्चकको हेलम्बु, पाँचपोखरी, थाङग्पाल र जुगल गाउँपालिकाका विकट इलाकाहरुमा हेलिकप्टरबाट सामाग्री ढुवानी गरेको सेनाले जनाएको छ।
राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिद्वारा स्थानीय जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ।सेनाका अनुसार पाँचपोखरी, थाङ्गपाल गाउँपालिका वडा नं ३, सुनचौरमा ५२ बण्डल जस्तापाता, मेलम्ची घ्याङ्गमा खाद्यान्न २८०० केजी र ३५० लिटर जेनेरेटर इन्धन पुर्याइएको छ। त्यस्तै तेम्बाथानमा १६०० के।जी खाद्यान्न लगायत औषधि तथा मेडिकल सामान पुर्याइएको सेनाले जनाएको छ।
