विश्व अंगदान दिवसका अवसरमा काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा विशेष कार्यक्रम आयोजना गरी कलेजो प्रत्यारोपणका अंगदाताहरूलाई सम्मान गरिएको छ।
‘जीवनको उपहार दिऔँ’ नारासहित आयोजित कार्यक्रममा सर्जरी विभाग प्रमुख प्रोफेसर डा. रोशन घिमिरे, अस्पताल मेट्रोन बन्दना रिजालसहित चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले अंगदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्य बताउँदै मृत्युपछि पनि आफ्ना अंगदान गरेर अरूको जीवन बचाउन सकिने सन्देश दिएका थिए।
कार्यक्रममा अंगदानसम्बन्धी भ्रम हटाएर समाजमा सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो। विश्व अंगदान दिवसले अंगदानप्रति जनचेतना बढाउने र अंगको अभाव कम गर्ने उद्देश्य राख्छ।
