हाम्रो देशका जनप्रतिनिधि र नेताहरू व्यक्तिगत स्वार्थको लागि पार्टी पार्टी बिचको खिचातानी मै व्यस्त रहेका छ्न। तर यसो भनिरहदा कतिपय जनप्रतिनिधि र कतिपय नेताहरूले भने आफ्नो व्यक्तिगत स्वार्थ भन्दा निकै पर रहेर उदाहरणीय कामहरु गरिरहेका छ्न।
यस्तै सिन्धुपाल्चोक जिल्लाको एक उदाहरणीय तथा होनहार व्यक्तित्व,नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत को बिशेष सम्वनयन मा नेपाली कांग्रेस सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं ८ इकाई समिति द्वारा सो क्षेत्रका निम्न आयस्रोत तथा अन्य दुखि पिडित बर्गका जनता लाई चामल दाल नुन तेल लगाएतका खाद्यान्न बितरण गरिएको छ।
यदि मात्रै नभएर मन्त्री बस्नेतले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकमा आफ्नो व्यक्तिगत पहलमा सय बेडको अक्सिजन सहितको अस्पताल बनाउने घोषणा गरेको पन्ध्र दिन नबित्दै उक्त अक्सिजन सहितको अस्पताल संचालनमा समेत ल्याएका थिए।

त्यसको केही समय भित्रै सिन्धुपाल्चोकमा अक्सिजन प्लान्टको पनि व्यवस्था गरेका थिए। मन्त्री बस्नेतले आफ्नो बा २ च ७५९१ नम्बरको आफ्नो निजि गाडीलाई सिन्धुपाल्चोक भरिका कोरोना संक्रमित बोक्नका लागि भनी फिर्ता नलिने सर्तमा उक्त गाडीलाई एम्बुलेन्स बनाएर हस्तान्तरण पनि गरेका थिए्।

