नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्रको विवाद भोलिसम्ममा समाधान हुने बताएका छन् । आज सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि प्रवक्ता ज्ञवालीले ,छलफल निष्कर्षउन्नमुख रहेको बताएका हुन्।
‘कार्यदलको तर्फबाट नेताहरुसँग छलफल भइरहेको छ। उहाँहरुको भावनाहरु पनि बुझ्ने काम भइरहेको छ। कार्यदलभित्र छलफल, चलिरहेको छ । निष्कर्ष उन्नमुख छ’, उनले भने।
त्यस्तै प्रवक्ता ज्ञवालीले भोलिसम्ममा विवाद टुंग्याउने विश्वास दिलाएका छन् । ‘भोलिसम्ममा ववाद टुंग्याउने गरी छलफलमा लागि रहेको छौं। हालसम्मको ,छलफलको आधारमा भोलि टुंगिनेछ’, उनले भने ।
