काठमाडौं आज बिश्व कोरोना भाइरस ले गर्दा त्रसित बन्न पुगेको छ। जसको प्रभाव नेपालमा पनि परेकोछ र यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा पनि परेको छ। नेपालमा शैक्षिक सत्र बैशाख मा सुरु हुने भए पनि जेठ सकिएर असार आइसक्दा पनि शैक्षिक सत्र शुरु कहिले हुने भन्ने अत्तोपत्तो छैन।
यो सालको SEE पनि स्थगित भएर खारेज पनि भैसक्यो अब बिध्यालयले नै आन्तरिक मुल्यांकन गरेर ग्रेट सिट दिने भन्ने निर्णय नेपाल सरकारले गरि सक्यो।अब lock down को असर शिक्षा क्षेत्र को पनि सबैभन्दा बढी असर स-साना बाल बच्चा हरुमा परेको छ।
किनभने भर्खरै अक्षर चिन्न पढ्न जान्न थालेका बालबालिकामा बढी असर परेको छ।हुन त घर नै सिकाइको पहिलो पाठसाला हो तैपनि बिध्यालयमा समुह मा सबै बच्चा हरु सङ्ग बसेर सिक्न बढी सजिलो हुने बच्चा घरमा एक्लै सिक्न झ्याउ मान्दछ र अर्को कुरा घर परिवार का सदस्य भन्दा अरुले सिकाउदा बच्चा ध्यान बढी दिन्छ।

कतै ती बच्चा हरुले आफुले सिकेको क ख रा बिर्सने त हैनन कि?? भन्ने पिर लागेको छ मलाई ?
अनि यो समय गाउँ घरमा खेती पाती हुने भएकोले बच्चालाई बढी समय नदिन सक्छ्न कि ?? भन्ने पिर?? जे होस अन्तमा यो महामारी बाट हामी सबै जना सजक भएर बचौ अनि हामी सिक्ने र सिकाउने कुरा त छ दै छ नि है!
अब बच्चा हरुलाइ सक्दो समय देउ शिक्षा मन्त्रालयले जारी गरेको बैकल्पिक बिधिबाट सिक्न रेडियो tv आदि बाट पढाई भैरहेको बच्चा हरुलाइ सुन्न देउ।सुनाउ भन्दछु।
- मोहन बहादुर बोहरा

- प्राथमिक तह स्थायी शिक्षक ,श्री केदार मा बि पिपलकोट बैतडी
