अविरल वर्षाका कारण घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृ,त्यु भएको प्र,हरीले जानकारी दिएको छ।
जिल्ला प्र,हरी प्रमुख एसपी सुरेश काफ्लेले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर अबिरल बर्षाका कारण घर भत्किँदा शिशुको मृ,त्यु भएको छ भने उनकी आमा र दिदी घा,इते भएका छन्।
मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्र,हरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।
