चितवनको राप्ती नगरपालिका– ३ की सुजिता भण्डारी मृ,त्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ ।
असार ११ गतेदेखि ह,राइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते श,व भेटिएको थियो । जिल्ला प्र,हरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी श,ङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ ।
चितवनका प्र,हरी उपरीक्षक ओमप्रकाश अधिकारीले भने, ‘हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्यौँ । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।’
अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा क,ठिनाई थपेको उनले बताए । ‘काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अव,रोध सिर्जना गर्ने काम भएको छ,’ अधिकारीले भने । बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ ।
‘अनुसन्धानमा खटिनुपर्ने प्र,हरी कर्फ्यू व्यवस्थापनमा खटिनु परेको छ,’ उनले भने । घ,टनाका विषयमा अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए । भण्डारीको मृ,त्यु प्रकरणमा श,व परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्र,हरी उपरीक्षक ओमप्रकाश अधिकारीको भनाइ छ ।
‘श,व भेटिएदेखि नै अनुसन्धानको कामलाई अप्ठेरोमा पार्ने काम भएको छ,’ उनले भने, ‘श,व परीक्षणका लागि ल्याउने समय देखिनै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो ।’ आफन्तहरू अनुसन्धानका लागि तयार भए पनि बाह्य व्यक्तिले अ,वरोध खडा गरेको उनले बताए ।
प्र,हरी उपरीक्षक अधिकारीले स्थानीयलाई अनावश्यक हल्लाकोपछि नदौडिन आग्रह गरे । ‘प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घ,टनालाई अन्तै मोड्ने काम गर्छ,’ उनले भने । अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गरे ।
भण्डारीको श,व भेटिएको घ,टनामा ह,त्या वा आ,त्मह,त्या के हो भन्ने विषयमा प्र,हरी नै अन्योलमा रहेको उनले जानकारी दिए । श,व भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अप,हर,णमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले जानकारी दिए ।
अनुसन्धानका लागि काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कुकुरसहित खटिएको उनको भनाइ छ । अहिलेसम्म प्र,हरीले स्थानीय र निजका आफन्तसँग सोधपुछको काम गरिरहेको छ । सो क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मङ्गलबारबाट कर्फ्यू जारी गरेको छ ।
