नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय, ”सुन्धारा तनावग्रस्त भएको छ’ । गत मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नाराबाजीमा उत्रिएपछि केन्द्रीय कार्यालय तनावग्रस्त बनेको हो ।
यतिखेर निगमका आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस जारी राखिएको नेपाल वायु सेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले रातोपाटीलाई जानकारी दिए । निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र नालायक महाप्रबन्धकक डिमप्रकाश पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने डाँगीले बताए ।
