प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्तामै विद्वान् तयार गर्न नसकिने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबाबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वजहरूले कयौँ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए ।
मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दे जानुपर्नेमा उनको जोड छ । ओलीले अनुकूल हावापानी र विविधि भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उपादन गर्न सकिने बताए ।
“एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान् हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्वान् हुन सकिन्छ । हामीहरूले पूर्वजहरूको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इनोभेटिभ पावर । मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौँ । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौँ,” ओलीले भने ।
प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नौ गौरवपूर्ण इतिहासलाई संरक्षण सम्बद्र्धन गर्दे नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए ।
प्रायः सार्वजनिक कार्यक्रममा सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेताहरूको चर्को आलोचना गर्ने गरेका प्रधानमन्त्री ओलीले बिहीबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधिहरूको बेलीबिस्तार लगाए ।
