कोरोना सं,क्रम,णका कारण इलाममा एकै दिन श्रीमान्–श्रीमतीको मृ,त्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृ,त्यु भएको हो ।
श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे मृ,त्यु भएको हो । लावती परिवारका सातजनामा कोरोना सं,क्रम,ण पुष्टि भएकामा दुईजनाको मृ,त्यु भएको हो ।
एकै परिवारका दुईको मृ,त्यु भएसँगै गाउँमा निकै त्रा,स फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेसन म्यानेजर रहेका छोरा सुमन लावती समेत भा,इर,स सं,क्रम,णका कारण होमआइसोलेसनमा छन् ।
६ दिनअघि उनीहरुलाई सं,क्रम,ण पुष्टि भएको थियो । संक्रमित सबै होमआइसोलेसनमा थिए । मृ,त,क दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सं,क्रमि,त रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।
इलाममा बिहीबार थप २२ जनामा कोरोना सं,क्रम,ण देखिएको छ । यससँगै जिल्लामा सं,क्रमि,तको संख्या दुई हजार १४४ पुगेको छ ।
सं,क्रमि,तमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै मृ,त्यु भइसकेको थियो । जिल्लाभर ३७१ संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
१० स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सं,क्रमि,त छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सं,क्रमि,त रहेका छन् । हाल गाउँगाउँमा सं,क्रम,ण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् ।
सवारी सञ्चालन र निषेधाज्ञा खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सं,क्रम,ण बढ्न थालेको हो ।
