कैलालीमा अन्तरजा,तीय विवाह गरेको एक जोडी झण्डै एक महिनादेखि जंगलमा लुकेर बस्न बाध्य भएको छ। जिल्लाको भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र रावल थरकी एक युवती जंगलमा लुकेर बस्न बाध्य भएका हुन्।
उनीहरुले अन्तरजा,तीय विवाह गरेको २१ दिन भएको छ। विवाह गरेलगत्तै युवतीका आफन्तले युवकलाई मा,रिदि,ने र घर ज,ला,ई दिने चे,ताव,नी दिएपछि उनीहरु जंगलमा बस्न बाध्य भएको प्रकाशका आफन्तले बताएका छन्। उनीहरु फाटट्फुट्ट गाउँमा आएपनि अधिकासं सयम जंगलमा लुकेर बस्ने गरेका छन्।
उनीहरुले जंगलबाटै आफूहरु समस्यामा परेको भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा युवा युवतीले आफूहरुलाई मा/र्ने ध.म्की दिएपछि जंगलमा लुकेर बसेको बताएका छन्। इलाका प्र,हरी कार्यालय भजनीका प्र,हरी निरीक्षक नरबहादुर साउँदले उनीहरु लुकेर बसेको जंगलमा प्र,हरी पठाएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए।
