कैलालीमा अन्तरजा,तीय विवाह गरेर जंगलमा बसेका एक जोडीलाई आफन्तले छु,टाइ,दिएका छन् । असार पहिलो साता घरबाट भागेर अन्तरजा,तीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र टीकापुर नगरपालिकाकी मालती रावललाई घर पुगेपछि शुक्रबार आफन्तले अलग्याएका हुन् ।
अहिलेसम्म जंगलमै बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए । तर भजनी नगरपालिका–४ स्थित प्रकाशकै घरमा शुक्रबार आएको २५–३० जनाको समूहले युवतीलाई छु,टा,एर लगेको आफन्तले बताएका छन् । नातामा प्रकाशका बाजे समेत पर्ने भजनी नगर कार्यपालिका सदस्य समेत रहेका प्रताप ताम्राकारले शुक्रबार दिउँसो साढे १ बजेतिर युवतीलाई २५–३० जनाको समूहले जीपमा हालेर लगेको बताए ।
केही दिन पहिले विवाह गरेर युवतीलाई ल्याएको थियो,’ ताम्राकारले भने, ‘धेरै दिन केटाकेटी जंगलमै बसेका थिए । तर आज दिउँसो युवती पक्षले उनलाई घरबाटै छुटाएर लग्यो ।’ उनकाअनुसार उनीहरु दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
दुवै पक्षलाई प्रहरीले बोलायो
युवायुवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कैलाली प्र,हरीले समेत त्यसमा चासो लिएको छ ।
शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्र,हरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
इलाका प्र,हरी कार्यालयका प्रमुख प्र,हरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएको बताए । उनीहरु कार्यालयमा पुगेपछि थप कुरा थाहा हुने उनले बताए ।
