नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ डा. गोपाल भट्टले सेयर बजारलाई ‘स्पेकुलेटिभ’सम्म ठिकै भएपनि ‘ग्याम्लिङ मार्केट’ बनाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
“बजार बढेकोमा सरकार मख्ख छ । सरकारले यसरी नै र्याली बढाउँदै जाने र त्यसबाट राजस्व उठाउन क्यासिनो मार्केटजस्तै बनाउने हो ?,” उनले प्रश्न गरे ।
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमका लागि आयोजना गरेको कार्यक्रममा चालु आर्थिक वर्षमा १२ अर्ब रुपैयाँ पुँजीगत लाभकरबाट १२ अर्ब राजस्व उठेको प्रस्तुतीलाई इङ्गित गर्दै उनले बजारको र्यालीको पछि लागेर राजस्व उठाउने क्यासिनो मार्केट बनाउने भन्दै भन्दै प्रश्न गरे ।
“वान साइट मार्केटमा इन्डेकस बढ्दा र्याली मनाइरहेको छौँ । त्यहाँ पैसा कसरी आइरहेको छ । बैंकिङ क्षेत्रबाट पैसा आएको पैसा हो कि अथवा कस्तो लगानी भित्रिएको छ ।
इन्साइडर ट्रेडिङको पनि भएको छ कि विषयमा चनाखो भएर नीति नियय बनाएर नियमन गर्न जरुरी छ,” उनले भने ।
बोर्डले केही समय अगाडि जो,खिमयुक्त भन्दै छानबिन गर्ने भनेर सार्वजनिक गरेको ५१ वटा सूचीकृत कम्पनीको सूचीका विषयमा पनि चासो दिए । उनले सेयर मूल्यमा जोखिम बढ्यो भने त्यसको सूची सार्वजनिक गर्ने भन्दा पनि पब्लिक वार्निङ सिस्टम डेभलप गर्नुपर्ने सुझाव दिए । त्यसको सिस्टम बनाएर बोर्ड पब्लिक वार्निङ सिस्टम बनाउन उपयुक्त हुने उनको सुझाव छ ।
उनले बोर्डल अब कमोडिटी बजारसँगै डेरिभेटिभ स्टकका लागि समेत गृहकार्य सुरु गर्नुपर्ने बताए । यसका लागि कानुनी कुराहरू डेभलपमेन्ट गर्ने आवश्यक भएको भन्दै उनले बताए ।
उनले ब्रोकरलाई स्टक डिरलको रूपमा अगाडि बढाउँदा ‘कन्फ्लिक अफ इन्ट्रेस्ट’ देखिने होकि भन्दै यसमा बोर्डको ध्यानाकर्षण गराए । ब्रोकर भनेको स्टक एक्सचेन्जको फङ्सनिङ भएको भन्दै ब्रोकर डिलरलाई डिरलको काम गर्न दिने हो भने यसमा बोर्डले नियमन गर्नुपर्ने भएकाले उपयुक्त नहुने उनले तर्क गरे ।
