नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई हृ,दयघा,त भएको छ ।
हृ,दयघा,त भएपछि उनीलाई बाँसबारीस्थित शहीद गंगालाल हृ,दय रो,ग केन्द्रको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको छ ।
२०७५ चैतमा काभ्रेबाट प,क्रा,उ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको ब,म वि,स्फो,टमा संलग्न भएको आ,रो,पमा उनी पुर्पक्षका लागि थु,नामा छन् ।
विप्लव समूहको मध्य कमाण्ड इन्चार्ज रहेका उनले नै २०७५ फागुन १० मा नख्खुमा भएको ब,म वि,स्फो,टको जिम्मेवारी लिएका थिए । त्यसबेलै उनी प्र,ह,रीको नजरमा परेका थिए ।
विप्लव समूहले सरकारसँग भएको सहमति अनुसार आफ्ना–नेता कार्यकर्ता नछुटेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै आएको छ । केहि दिनअघि मात्र विप्लव समूहले प्रधानमन्त्रीलाई भेट गर्दै १० दिनभित्र आफ्ना नेता–कार्यकर्ता रिहा गर्न माग गरेको थियो ।
