केही समयदेखि सामाजिक सञ्जालमा उ,ग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी कथित “सामाजिक सुधारक” ज्वाला संग्रौलाद्वारा सन्चालित फरकफरक नामका २० वटै अकाउन्ट तीन सातादेखि निष्क्रिय छन् । आफ्नै साथी युवा संघ आबद्ध खुश्बु घिमिरेलाई सामूहिक कु,टाई र अभ,द्र व्यवहार गरेको आ,रो,पमा असार ६ गतेदेखि प्र,हरी हि,रास,तमा रहेकी उनीमाथि तीन वटा मु,द्दा अघि बढाउन प्र,हरीले जिल्ला सरकारी वकिल कार्यालय,काठमाण्डौबाट अनुमति लिएको छ ।
प्र,हरीका अनुसार संग्रौला हि,रास,तमा पर्नुअघि नै एक जना ट्राफिक प्र,हरी असईमाथि रं,गभे,दी र जातीय वि,भे,दरु,पी अभिव्यक्ति दिएको भिडियो भाइरल बनेको थियो ।
त्यसलगत्तै अनुसन्धानको क्रममा संग्रौलाको जन्मदर्ता र विवाह दर्तासमेत नक्कली प्रमाणित भएपछि यसअघि अ,भ,द्र व्यवहारको मु,द्दासहित जातीय वि,भे,द र लिखित र्कितेसम्बन्धी तीन वटा मु,द्दा अघि बढाइएको प्र,हरीले बताएको छ ।
अदालतबाट पठाइएको पत्रमा संग्रौलाविरुद्ध मु,द्दाको फाइल पेश गर्न थप दुई दिनको म्याद दिइएको छ । अपराधको प्रकृति हेरी अनुसन्धानको सिलसिलामा प्र,हरीले २५ दिनसम्म जोसुकैलाई हिरासतमा राख्न पाउँछ ।
प्र,हरीले नक्कली विवाह गरेको कागजात भेटिएपछि उनको पति भनिएका पुरुष र अर्की एक युवतीलाई पनि प,क्रेर अनुसन्धान गरिरहेको छ । संग्रौलाले किर्ते विवाह गरेर पति वरण गरेका भनिएका पुरुष हिमाल उपाध्याय हुन् । उनीहरु दुबैमाथि किर्ते कागजमा थप अनुसन्धान भएको बताइन्छ ।
पहिला निकै उ,ग्र देखिएकी संग्रौला अहिले शान्त देखिएको पनि प्र,हरीको अनुभव छ । अनुसन्धानमा संलग्न एक जना अधिकारीका अनुसार ज्वालाले मु,द्दाको छिनोफानो भएपछि ल,फ,डा छाडेर गाउँ गई खेतिपाती गरेर बस्ने बताएकी छन् ।
हालसम्म प्र,हरीले उनका २० वटाभन्दा धेरै फेसबुक एकाउण्ट समेत पत्ता लगाएको छ ।
आफ्ना बिरोधीलाई ठेगान लगाउन बेलाबखतमा ती फरक फरक एकाउण्टबाट उनले फेसबुक रंगाउने गरेको प्रमाणसमेत प्र,हरीले बटुलेको हो ।
अदालतले सरकारी कागजात एक हैन अनेक ठाउँबाट नक्कली र किर्ते गरेको आ,रो,पमा प्र,हरी हिरासतमा रहेकालाई पुर्पक्षका लागि थप केही दिन थुनामा राख्न आदेश दिनसक्ने कानुनी व्यवस्था छ । त्यसैले ज्वालालाई पनि जिल्ला न्यायाधीशले उक्त आदेश दिनसक्ने सम्भावना बढी रहेको बताइन्छ ।
