२६ असार, काठमाडौं । कोलम्बिया कोपा अमेरिका फुटबल ,”प्रतियोगितामा तेस्रो बनेको छ । ,”शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ ले पराजित गरेको हो ।,
कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । ”डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो ।
सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थामा लागि खेलेका हुन् ।,” सेमिफायनलमा पेरु ब्राजिलसँग र’ कोलम्बिया अर्जेन्टिनासँग पराजित ,भएको थियो ।
ब्रासिलियामा भएको खेलमा’ पहिले अग्रता पेरुले लिएको थयो । ,’यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।
तर अग्रता लामो समय टिकेन । दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो ।’ जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । ,’लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । ‘तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे ।
९० मिनेटसम्म बराबरी भएपनि इन्जुरी टाइमको चौथो मिनेटमा डियाजले निर्णायक गोल गरेपछि कोलम्बिया विजयी भएको हो ।
अब फाइनल खेल आइतबार बिहान घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ।
