बेंसीमा सडक विस्तारसँगै गाउँको जग्गा बेचबिखन गरी १८ वर्षअघि हेलम्बु–२ ढोडेनीबाट किउलको गणेशे बगर झरेका थिए, धनबहादुर तामाङ। तर, मेलम्ची खोलामा असार १ गते आएको बाढीले घर र साढे चार रोपनी खेत बगाएपछि धनबहादुर सुकुम्बासी भएका छन्।
यससँगै छोराछोरीलाई राम्ररी पढाउने सपनासमेत बाढीले बगाएको छ। उनीहरू यति बेला छिमेकीसँगै टेन्ट हालेर बसेका छन्। उनका छिमेकी कामी तामाङको घरसँगै गरिखाने १५ रोपनी खेत पनि बाढीले बगायो। ‘अहिले तत्काल त दाताले दिएको राहतबाट पेट पालिएला’,
