सुशान्त सिंहको आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी भाउजुको निधन भएको छ
बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको निधन भएको छ ।
सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् ।
स्रोतका अनुसार सुशान्तको मृत्युको खबरले उनी असाध्यै विचलित भएकी थिइन् र उनको मृत्युको गहिरो शोकमा डुबेकी थिइन् ।
