काठमाडौं : मंगलबार देशभर थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङअनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन्।
डाक्टर गौतमले दिएको जिल्लागत विवरण –
झापा – १, पाँचथर – १ सुनसरी २, सिराहा २, रौतहट ३८, महोत्तरी १७, पर्सा २, गोर्खा १०, नवलपरासी पूर्व २, बाग्लुंग १, तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १, बैतडी २१, डोटी २०, कंचनपुर ११, कैलाली २३, बाँके १, बर्दिया ९, सप्तरी ३, नवलपरासी पूर्व १, अर्घाखाची ३, रुपन्देही १, दैलेख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६, अर्घाखाची ६, काठमाडौँ १, महोत्तरी ७२, मोरङ १, रौतहट १४, रोल्पा १, रुपन्देही ३, सर्लाही १६ ।
