मकवानपुरको राक्सिराङ गाउँपालिका मैसिराङकी २२ वर्षीया अनुष्का चेपाङ राहत लिन एक वर्षकी छोरी बोकेर मनहरी झरिन्। भी,रको बाटो छिचोलेर खोला तर्दै पूर्व–पश्चिम राजमार्गमा आइपुग्न झन्डै पाँच घण्टा लाग्यो।
घरमा खाद्यान्नको चरम अ,भा,व छ।
मजदुरी गर्न रोल्पा गएका उनका श्रीमान नआएको चार महिना भयो। कमाइ नभएपछि किनेर खान सक्ने अवस्था छैन। ‘घरमा खानेकुरा केही छैन। गिठ्ठा खाएर बसेका थियौं। दुःखै भए पनि राहत पाइन्छ कि भन्ने आशमा आएको’, उनले भनिन्, ‘राहत पाएँ, अब ढुक्क भयो।’
संगै आएका साथीसंग सल मागिन्। ३० किलो चामलको बोरा, नुन, तेल, दालको झोला अनि काखमा छोरी बोकेर उकालो लागिन्। ५ बजे मनहरीबाट उकालो लागेका उनीहरूले मध्यरात घर पुग्ने बताए।
अनुष्कासँगै मैसिराङका ७० परिवार मंगलबार बिहानै मनहरी झरेका थिए। घरमा छाक टार्ने विकल्प नभएपछि उनीहरु राहत लिन आएका हुन्। अञ्जली चेपाङ पनि छोरो बोकेर आएकी थिइन्।
‘खो,ला तर्दै प,हि,रोको ड,र मानेर आउनुपर्छ। घरमा खानेकुरा कमजोर भएर राहत दिन्छ भनेर आशमा आको हो’, उनले भनिन्, ‘राहत पाइयो अब केही दिनलाई ढुक्क भयो।’
अञ्जलीका चार सन्तान छन्। यसपटक पानी ढिलो परेर मकै पनि राम्रो भएन। अहिले जोहो भयो। उनी खुशी हुदै फर्किन्।
ग्रामीण क्षेत्रमा बस्ने प्रायः चेपाङ परिवारमा बर्सेनि खाद्यान्न सं,कट हुने गरेको छ। फागुनदेखि भदौ पहिलो सातासम्म अनि,का,ल लाग्छ। पाखो बारीमा लगाएको मकैले मुस्किलले ६ महिना धान्छ। यसपटक निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि उनीहरु थप स,म,स्यामा परेका थिए।
राहत लिन चार घण्टा हिँडेर शक्तिखोर झरेका थिए इच्छाकामना गाउँपालिका १ डिङलाङका चन्द्रबहादुर चेपाङ। ‘खानेकुरा नभएको बेला दुः,खै गरेर भए पनि आको हो’, उनले भने, ‘अब केही दिन मीठो खान पाउने भयौं।’
चेपाङ समुदायमा खाद्यान्न संकट भएको समाचार अन्नपूर्ण पोस्ट् र एपीवान टेलिभिजनमा प्रकाशन÷प्रसारण भएको थियो। त्यसका कारण ‘सुमो माया गर्छु’ संस्थाले विकट बस्तीका चेपाङलाई राहत वितरण गरेको हो। चितवनको इच्छाकामना गाउँपालिका–१ का ८० परिवार र राक्सिराङ गाउँपालिकाको मैसिराङका ६० परिवारलाई राहत वितरण गरिएको हो।
चेपाङ समुदायले दुः,ख पाइरहेको समाचार आएपछि खाद्यान्न सहयोग गरेको उक्त संस्थाका प्रोजेक्ट म्यानेजर पेम्बा छिरी शेर्पाले बताए। ‘सुमो माया गर्छु’ संस्थाले को,रो,ना भाइ,र,सका कारण प्रभावितलाई सहयोग गरेको छ। भू,क,म्पमा ज्या,न गुमाएकी नेपाली चेलीको सम्झनामा स्विस नागरिक क्यारिन क्सले संस्था स्थापना गरेकी हुन्। लाङटाङ हिमाल आरोहणका क्रममा सहयोगी सुमो लामाको मृ,त्यु भएको थियो। पछि पर्वतारोही क्यारिन लामाकै नाममा संस्था स्थापना गरेर सामाजिक गतिविधिमा सक्रियहुदै आएकी छन्।
