बलिउड अभिनेता अक्षय कुमारले आफ्नो पहिलो प्रेमिकासँगको ‘डेट’ बारे खुलेर बताएका छन्।
आफू स्कुल छँदा जो केटीसँग अक्षय डेटमा गएका थिए, उनैबाट रि,जेक्ट भएको अक्षयले ‘कपिल शर्मा शो’ मा बताएका हुन्।
उनी हास्यप्रधान कार्यक्रम ‘द कपिल शर्मा शो‘को पछिल्लो श्रृंखलामा फिल्म ‘हाउसफूल ४’को टोली अतिथिका रूपमा उपस्थित थिए। त्यसैबेला अक्षयले आफ्नो बाल्यकालीन प्रेम कथा सुनाएका हुन्।
कार्यक्रममा प्रस्तोता कपिल शर्माले अक्षयलाई ‘कुनै केटीले रिजे,क्ट गरेको थिइन् कि?’ भन्दै प्रश्न गरे। सो प्रश्नको उत्तरमा अक्षयलाई आफ्नो पहिलो डेटकी केटीले गरेको रिजे,क्टबारे भन्न भन्दै अभिनेता रितेश देशमुखले उक्साए।
त्यसपछि अक्षयले भने, ‘कुरा के हो भने, म त्योबेला निकै लजालु स्वाभावको थिएँ। मैले उनको काँधमा समेत कहिल्यै हात राखिनँ। न त कहिले हात समाएँ। उनी मैले हात समातोस्, चु,म्ब,न गरोस् भन्ने चाहन्थिन् क्यारे! तर मैले कहिल्यै त्यस्तो गरिनँ। त्यही भएर उनले मलाई छोडेर गइन्।’
‘झन्डै ४ पटकको भेट थियो त्यो। हामी सुरुसुरुमा सँगै फिल्म हेर्न जान्थ्यौं। रेष्टुरेन्टमा खाना खान जान्थ्यौं,’ उनले थप भनेका छन्। त्यो घ,ट,नापछि आफ्नो प्रेम जीवनमा ‘यू-टर्न’ आएको अक्षयले बताए।
अक्षयले यति भन्ने बित्तिकै रितेशले हाँस्दै ‘यो कथामा कसले विश्वास गरोस् र!’ भन्दै जिस्काए। ‘यो घ,ट,ना तिमीलाई पहिल्यै भनेको होइन?,’ अक्षयले लगत्तै जवाफ फर्काए। त्यसपछि सबैजना गललल हाँस्न थाले।
अक्षय विगत दुई दशकदेखि अभिनेत्री ट्विंकल खन्नासँग वैवाहिक सम्बन्धमा बाधिएका छन्। गत आइतबार उनले ट्विंकलसँग २० औं विवाह ‘एनिभर्सरी’ मनाएका छन्। बलिउड अभिनेत्री ट्विंकलले फिल्म खेल्न छाडे पनि लेखक र निर्माताका रूपमा आफ्नो बेग्लै पहिचान बनाइसकेकी छन्।
अक्षयको हालै ह,र,र-कमेडी फिल्म ‘लक्ष्मी’ सार्वजनिक भएको छ। यो उनको पहिलो डिजिटल डेब्यू हो। डिज्नी प्लस हटस्टारबाट रिलिज भएको यो फिल्मले पहिलेको भ्युअरसिप रेकर्ड तोडेको छ।
अक्षय अभिनित फिल्म ‘सूर्यवंशी’, ‘बच्चन पाण्डे’, ‘पृथ्वीराज’, ‘अतरंगी’, ‘बेलबटम’, ‘रक्षा बन्धन’ र ‘राम सेतु’को काम भइरहेको छ। अक्षय यतिबेला अयोध्यामा राम मन्दिर बनाउन सहयोग जुटाउने अभियान पनि लागेका छन्।
