आइतबार बिहानैदेखि भइरहेको लगातारको वर्षाले खो,लामा बा,ढी आएको छ।
डडेल्धुराका न,दी तथा खो,लामा पनि पानीको सतह बढेको छ।
जिल्लाको भित्रि मधेस क्षेत्र जोगबुढाबाट बुडर पुग्न त्यस्तै विभिन्न खो,ला पार गरेर आउनुपर्छ। जहाँ हालसम्म पनि पुल निर्माण भएका छैनन्। वर्षातको समयमा ती खोला पार गरेर सवारीसाधन चलाउन निकै सा,स्ती खेप्नुपरेको सवारी चालकहरु बताउँछन्।
त्यस्तै सा,स्ती आज एक बस पार गर्न भएको छ।
जोगबुढाबाट बुडरतर्फ आइरहेको एक बस खो,लामा फ,स्यो। निकै मिहेतपश्चात मात्रै उक्त बस निकाल्न सफल भएको एक यात्रुले बताए।
एक टिपर र यात्रुहरुले डोरी बाँधेर बस तानेका थिए। करिब आधा घण्टाको प्रयासपछि मात्रै बस निकालिएको बताइएको छ।
