काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी सामाजिक संजालमा अभिव्यक्ति दिएपछि एमालेका वरिष्ठ नेता माधव नेपालले आपत्ति जनाएका
छन् ।थापाले लेखेका छन् शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३ = १२३ मात्रसर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’
यस स्टाटसप्रति आपत्ति जनाउँदै नेता नेपालले लेखेका छन् ‘हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।’
याे पनि- माधव नेपालको तीनबुँदे असन्तुष्टि : अदालतलाई प्रभावित पार्ने सहमति च्यातिन्छ
नेता नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफ्नो समूहका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताए । ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या
मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु,’ नेपालको भनाइ छ ।
