नेकपा एमालेका सांसद तथा युवा संघका नेता महेश बस्नेतले सर्वोच्च अदालतको आदेशको वि,रो,धमा देशभर प्रदर्शन गर्न कार्यकतालाई निर्देशन दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका छन् ।
“तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको वि,रु,द्धमा विरोध जनाउ,” उनले भनेका छन्,l
“आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन । निर्दलीय शासन व्यवस्थाको पुनः विजारोपण भएको दिन । व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाममा सेटिङवाला केही न्यायमुर्तिको नामधारीहरुले हातमा लिएको क्षण । अब देश राजनैतिक द्व,न्द्वमा प्रवेश गरेको छ ।
यो परमादेश कार्यान्वयन गर्न असम्भव छ । युवा संघले यसको विरुद्ध तुरुन्तै माइतीघर मण्डलामा वि,रो,ध प्रदर्शन गर्दैछ । जो जहाँ छौँ सहभागी बनौँ । यो परमादेश कार्यान्वयन गर्न असम्भव छ ।”
