क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल करियरमा पहिलो पटक लगातार दुई फाइनलमा पराजय ब्यहोरेका छन् । बुधबार कोपा इटालियाको फाइनलमा युभेन्टस नापोलीसँग स्तब्ध बनेको हो ।
आफ्नो करियरमा थुप्रै घरेलु र महादेशीय प्रतियोगिताको फाइनलमा पुगेका ३५ वर्षीय पोर्चुगिज खेलाडीले लागतार दुई पटक फाइनल खेल अहिलेसम्म पनि हारेका थिएनन् ।
