बाजुरा मार्तडी : बाजुरामा थप ४१ जनामा कोरोना संक्रमण भेटिएको छ । काठमाडौं प्रयोगशालामा गरिएको परिक्षणबाट बडिमालिका नगरपालिकाका थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।
कोरोना संक्रमण देखिएका ४० जना बडिमालिका नगरपालिका र १ जना बुढीगंगा नगरपालिकाका हुन् । क्वारेन्टाइनबाट घर पठाईसकेका व्यक्तिहरुमा कोरोना देखिएको जनाएको छ । सूची सहीतको विवरण आउँन बाँकी रहेपनि सबै जना बाजुराको बडिमालिका नगरपालिकाका रहेको र ती सबै जना क्वारेन्टाइनबाट घर गइसकेको बुझीएको छ ।
संक्रमित ४१ जना मध्ये १५ जना महिला छन् । भने २६ जना पुरुष रहेका छन् । ४१ जना थपिएसँगै जिल्लामा संक्रमतिको संख्या ६२ पुगेको छ । ती मध्ये २ वर्षकी बालिकाको मृत्यु भइसकेको छ । भने एक जना कालिकोटमै उपचार पछि कोरोना जितेर घर फर्किसकेका छन् ।
कोरोना संक्रमित हुनेमा बुढीगंगाकी १७ वर्षकी सहीत बडिमालिकाका २२, २४, ३, २२, १९, २, २७, ३५, २, २५, २, २०, २३, २० वर्ष उमेरका महिला छन् । त्यस्तै २१, २०, २१, २५, २२, ३४, ३३, २७, २०, ४८, ३५, २७, ४२, ४५, २५, १९, २०, २०, २१, २४, २७, २६, १९, ३५, १ वर्षका पुरुष रहेका छन् ।
कोरोना संक्रमित २३ वर्षकी महिलालाई डिस्चार्ज गरिसकिएको बताईएको छ । भने एक जनाको धनगढीमा उपचार भईरहेको र १७ जना बुढीगंगा नगरपालिका धुरालसैन क्वारेन्टाइनमा बसेका छन् । कोरोना देखिएकाहरुमा कसैलाई कुनै लक्षण नदेखिएको स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।
क्वारेन्टाइन छोडेर घर गइसकेकाहरुमा कोरोना देखिएपछि गाउँमा त्रास फैलिएको छ । संक्रमितले भेटेका, नजिक भएका र आफन्तहरुलाई समेत संक्रमण सरेको हुन सक्ने खतरा बढेको छ । रिपोट नआउँदै घर पठाएपछि थप जोखिम बढेको स्वास्थ्यकर्मीको भनाई छ ।
