(भिडियो अन्त्यमा छ) नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी
भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्र\हरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र
डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अ’श्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।
ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण
प्र\हरीको टाउको दुखेको छ। एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए।
उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्र\हरीले कारबाही गरेको जानकारी दिए। ‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अभद्र व्य’वहार
गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र ह’त्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’ (भिडियो)
