एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) ले चिनियाँ कम्पिनको प्रायोजनबारे समिक्षा गर्ने भएको छ । सोमबार सीमाक्षेत्र लद्दाखमा भएको झडपमा चिनिया सैनिकको आक्रमणमा परि २० भारतीय सैनिकको मृत्यु भएपछि भारतमा आइपिएलले चिनिया प्रायोजन प्रयोग गर्न नहुने भन्दै आवज उठेको थियो ।
आइपिएलले एक ट्वीट गर्दै प्रायोजन बारे छलफल गर्न अर्को हप्ता बैठक बोलाएको छ । आइपिएलमा चिनियाँ कम्पिनको लगानी रहेका तीन प्रायोजन रहेका छन् । स्मार्टफोन भिभो मुख्य प्रायोजक रहेको छ । सन् २०१८ मा बिसिसीआईले भिभोसँग पाँच वर्षको लागि सम्झौता गरेको थियो । पाँच वर्षका लागि भिभोले बिसिसीआईलाई प्रायोजन वापत २,१९९ करोड भारतीय रुपैयाँमा दिने सहमत भएको थियो ।
त्यस्तै अर्को कम्पिनी अलीबाबाको लगानी रहेको पेटिएम आइपिएलमा अफिसियल अम्पायर पार्टनरको रुपमा रहेको छ । त्यस्तै चिनिया इन्टरनेटसँग जोडिएको ड्रिम११ आइपिएलमा अनलाइन फ्यान्टसी पार्टनर रहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) का कोषध्यक्ष अरुण धूमलको अनुसार कुल सम्झौताको ४२ प्रतिशत करमार्फत रकम भारतीय सरकारलाई जाने गर्दछ । लद्दाखमा भएको उक्त झडपको असर आइपिएल प्रायोजनमा पनि देखिएन गएको हो ।
