थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकापसमा ठो’क्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृ”त्यु भएको छ भने एक जना घा’इते भएका छन् । मृ’त्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभयो ।
नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना४ख ९४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७३प २१७६ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा बालकको घ’टनास्थलमै मृ’त्यु भएको छ भने नारायणको ट्रमा सेन्टरमा उपचारको क्रममा ‘मृत्यु भएको हो ।
दु’र्घटनापछि सडकमा ल’डेर घा’इते भएका बालकको ट्रकले पछि हटाएर किच्दा मृ’त्यु भएको प्रत्यक्षदर्शी रामचन्द्र रुपाखेतीले बताउनुभयो । दु’र्घटनामा घा’इते एक जनाको उप’चारका लागि ट्रमा सेन्टरमा पठाइएको र उहाँको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुुर्घटनापछि भाग्दै गरेको ट्रकलाई प्रहरीले कोइराले भन्ने स्थानबाट नि’यन्त्रणमा लिएको छ ।
