विराटनगर महानगरपालिका–९ स्थित बसपार्कनजिक रहेको एउटा चिया पसलभित्र बिहीबार दिउँसो एक म’हिला मृ’त फेला परेकी छन् । विराटनगर–१० घर भएकी ४० वर्षीया सीता राजवंशीलाई आफ्नै चिया पसलभित्र मृ’त फे’ला पारिएको मोरङ प्र,हरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
उनका अनुसार दिउँसो १२ बजेतिर पसलभित्र भुइँमा घो’प्टो परेको अ’वस्थामा मृ’त भेटिएपछि घ’टनास्थलबाट आ:वश्यक का’नुनी प्र’क्रिया पूरा गरेर श’व पो’स्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ । प्रहरीका अनुसार राजवंशीको पसल बिहान भने खुला थियो । ‘भित्रबाटै ढोकोको चुक्कुल लगाएको चिया पसलको भुइँमा घो’प्टो परेर ल’डिरहेको अवस्थामा श’व भेटिएको हो,’ जिसीले भने, ‘श’व पो’स्टमार्टमका लागि अस्पताल लगेर घ’टनाको अ’नुसन्धा’न सुरु गरिएको छ ।’
प्रहरीका अनुसार महिला मृ’त भेटिएको पसलभित्रको बाँसको बलोमा सल पनि झु’ण्डिएको अव’स्थामा भेटिएको छ । ‘मृ’त्युको कारण यकिन भइसकेको छैन । सलको पासो लगाएर आ’त्मह’त्या गरेको पनि हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘झु’ण्डिएपछि सलबाट खुस्किएर श’व भु’इँमा ख’सेको हुनसक्ने देखिन्छ । तर अनु’सन्धान जारी रहेका कारण घट’नाका बारेमा यकिन भइसकेको छैन ।
