काठमाडौं : भारतको प्रतिष्ठित राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री सुरेखा सिकरीको मुम्बईमा ७५ वर्षको उमेरमा नि’धन भएको छ । सिकरी केही समयदेखि बिरामी थिइन् र सन् २०२० मा उनलाई म’स्तिष्क घा’त भएको थियो । सन् २०१८ मा उनलाई पक्षघा’त भएको थियो ।
तीनपटक राष्ट्रिय पुरस्कार जितेकी सिकरीले नाटक, चलचित्र र टेलिभिजनमा काम गरेकी थिइन्। उनले सन् १९७८ मा किस्सा कुर्सी का नामक राजनीतिक फिल्मबाट करीयर शुरू गरेका थिइन् । उनले तमस, मम्मो र बधाई हो फिल्मबाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् । उत्तर प्रदेशमा जन्मेकी सिकरीले सन् १९७१ मा नेसनल स्कूल अफ ड्रामाबाट कोर्स पूरा गरेकी थिइन् ।
सन् १९८९ मा उनले संगीत नाटक एकेडमी पुरस्कार पनि जितेकी थिइन्। उनका पिता वायुसेनामा थिए र आमा शिक्षिका थिइन्। उनले हेमन्त रेगेसँग विवाह गरेकी थिइन् । उनीहरूको राहुल सिकरी नामक छोरा छन्। सिकरीले टीभी सिरीज बालिका वधूबाट निकै प्रख्याति कमाएकी हुन् । ७५ बर्षीय सिकरी केही समयदेखि बिरामी थिइन् ।
