तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति प,हिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृ/त्यु भएको छ । प,हिराले पुरिएर मृ/त्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन् । पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृ/त्यु भएको जिल्ला प्र,हरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।
हिलोमा फ,सेको लु४त ६६२९ नंको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट प,हिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पुरिएका थिए । प,हिराले पुरिएर लु१क २४९६ नंका एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घा,इते भएको सूचना अधिकारी त्वातीले बताए। बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु१क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिराबाट जोगिएका छन् ।
तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फ,सेपछि दुई एस्काभेटरले निकाल्न खोज्दा प,हिराले पुरिएको सूचना अधिकारी त्वातीले बताए।
