२ साउन, धनगढीमा मृ,त अवस्थामा फेला परेका कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लिङ्गेश्वर धामका बाबा किसन नाथको श,व घट,नास्थलबाट उठाइएको छ ।
शनिबार बिहान वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृ,त अवस्थामा फेला परेका ७५ वर्षीय नाथको श,व, परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्र,हरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।
विगत ४ वर्षदेखि धाममै बस्दै आएका नाथ शनिबार बिहान सुुत्ने कोठा बाहिर ढलेको अवस्थामा मृ,त फेला परेका थिए । उनी मुुखबाट र,गत बगेको र र,गत वान्ता गरेको देखिएको प्र,हरीले जनाएको छ ।
स्थानीयले उनको ह,त्या भएको आ,शंका गरेपनि प्रारम्भिक अनुुसन्धानका क्रममा ह,त्याको आशंकालाई बल पुुग्ने प्रमाण फेला नपरेको डीएसपी न्यौपानेको भनाइ छ । यद्यपि श,व परीक्षणबाट थप कुरा खुुल्ने प्रह,रीले जनाएको छ ।
