राजविराज : सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ। त्यस्तै १ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका-९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव , महदेवा गाउँपालिका-२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव राजगढ गाउँपालिका १ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
त्यसैगरी राजगढ गाउँपालिकामा १ जना घाइते भएको भारतीले जानकारी दिए।
