केही वर्ष अगाडि बजारमा आएको सम्झना भण्डारी र पशुपति शर्माको ‘बत्तिबाल्नै पर्दैन त्यो गाउँमा’ बोलको तीज गीत निकै चर्चित गीत हो। उक्त गीतमा शब्द तथा भिडियो लगायतलाई परिमार्जन गरि दोस्रो पल्ट बजारमा आएको छ।
“मेरो माया बसेको गाउँमा″ बोल दिइएको गीतमा चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्माको शब्द तथा संगीत, कृष्ण बिकको एरेन्ज, कुमार रानाको अडियो सम्पादन, सुमन रानाको रेकर्डिङ रहेको छ । गीतलाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा दोस्रो पटक रेकर्ड गरिएको हो ।
गीतको भिडियो तर्फ सरोज राना प्रजा तथा बिना राउतको अभिनय देख्न सकिन्छ । बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतमा शुरेस श्रेष्ठको छयाङकन, शिब पौडेलको सम्पादन रहेको छ । उमंग फिल्मसको ब्यानरमा निर्माण भएको उक्त गीतको म्यूजिक भिडियो सम्झना भण्डारी युटुव च्यानलमार्फत शनिवार बिहान बजारमा आएको हो ।
