काठमाडौं । तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृ/त्यु भएको छ । प/हिरोले पुरिएर मृ/त्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन् ।
पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्र/हरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
हिलोमा फसेको लु ४ त ६६२९ नंको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट प/हिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पुरिएका थिए । पहिरोले पुरिएर लु१क २४९६ नंका एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घा/इते भएको सूचना अधिकारी त्वातीले बताए ।
बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु १ क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिरोबाट जोगिएका छन् ।
तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फसेपछि दुई एस्काभेटरले निकाल्न खोज्दा प/हिरोले पुरिएको सूचना अधिकारी त्वातीले बताए ।
