अमेरिकन पेस्तोलसहित कपिलवस्तुमा एक जना पक्राउ परेका छन्। तौलिहवा–जितपुर सकड खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ११ स्थित जहदी चोकमा स्थानीय मन्नु भन्ने मातेश्वरप्रसाद यादव सो हतियारसहित पक्राउ परेका हुन्। प्रहरीले सवारी चोकजाँचका क्रममा खान तलासी लिँदा मेड ईन युएसए ७.६५ लेखिएको पेस्तोल र त्यमसा लोड गरिएको नम्बर ७११ लेखिएको म्यागजिन र थप चार वटा गोली समेत बरामद गरेको हो।
युपी ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकलमा गइरहेका बेला उनी पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। यसअघि पनि हातहतियार तथा खरखजाना र चोरीका मुद्दामा पक्राउ परेका यादव धरौटीमा रिहा भएका थिए।
चार थान भरुवा बन्दुकसहित चार जना पक्राउ
यता चार थान अवैध भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन्। बाणगंगा नगरपालिका वडा नम्बर ८ मोर्मी स्थित गोपाल थापाको घरबाट एक थान, टीकाबहादुर थापाको घरबाट २ थान, र गुनबहादुर रानाको घरबाट एक थान भरुवा बन्दुक फेला परेका हो। पक्राउ पर्नेहरुमा स्थानीय गुनाबहादुर राना, गोपाल थापामगर, मिनबहादुर सेन र टीकाबहादुर थपा रहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। टीकाबहादुर थापाको घरबाट २ नाल भरुवा बन्दुकसहित बारुद राखेको २ वटा बट्टा, २ सय ९४ ग्राम बारुद, जनावर मार्न बनाइएको पासो फेला परेको थियो।
यस्तै गुनबहादुर रानाको घरबाट बारुद राखिएका २ वटा प्लाटिकका बट्टा, ५१ ग्राम बारुद फोला परको थियो। अवैध चोरी शिकारी गर्नका लागि उनीहरुले घरमा भरुवा बन्दुक राखेका थिए।
