नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित छ जना नेताहरूबीच छलफल भएको छ।
सोमबार दिउँसो काठमाडौंको महाराजगन्जस्थित शशांका कोइराला निवासमा छलफल भएको हो।
महाधिवेशन नजिकिँदै गर्दा उनीहरूबीच छलफल भएको हो।
छलफलमा शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत र प्रदिप पौडेल सहभागी थिए।
उनीहरूबीच महाधिवेशनको विषयमा छलफल भएको थियो।
