काठमाडैं । अनलाइन बजार दराजको महाबचत अभियान सुरू भएको छ । दराज र एनएमबि बैंकबीच यस अभियानमा समझदारी पनि भएको छ ।
यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूका लागि बचत साथै अनलाइन प्री-पेमेन्ट प्रबर्धन गर्नु रहेको कम्पनीले जनाएको छ । अभियानमा ४ हजारसम्मको छुट, एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत अनलाइन प्री-पेमेन्टमा २ हजार सम्मको छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , निशुल्क डेलिभारी , निशुल्क भाउचर साथै थुप्रै अरू पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ।
यस अभियानको लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताहरूले प्री-पेमेन्टमा आकर्षक छुट पाउनेछन । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशतसम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
