काठमाडौँ – भारतद्वारा चीनको मनोबल कम गर्न सीमामा वायु रक्षा मिसाइल तैनाथ गरेको छ। भारतको वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसी मा चीनको दबदबालाई कम गर्न र चाहिएको खण्डमा उपयुक्त जवाफ दिन वायु रक्षा मिसाइल प्रणाली खडा गरेको हो। भारतीय सेना र वायुसेनाले पूर्वी लद्दाखमा चिनियाँ लडाकू जेट विमान र हेलिकप्टरको गतिविधि रोक्न हवाइ रक्षा मिसाइल राखेको हो।
भारतीय संचारमाध्यम आजतककाअनुसार चिनियाँ सेनाको कुनै पनि दुस्साहसका लागि उचित जवाफ दिन भारतीय सेना तयार रहेको र चिनियाँ सेनाको गतिविधिलाई ध्यानमा राख्दै आकाशमा एयर डिफेन्स मिसाइल प्रणालीलगायत अन्य मिसाइल प्रणाली राखेको जनाएको छ ।
यी मिसाइल प्रणालीहरू एलएसीमा दौलत बेग ओल्डिदेखि पूर्वी लद्दाखको दक्षिणी भागमा राखिएका छन्। मे को पहिलो हप्तादेखि चिनियाँ हेलिकप्टर र लडाकू विमानहरू भारतीय सीमा क्षेत्रमा उडान गरिरहेका कारण उक्त निर्णय लिएको हो। जुन १५मा लद्दाखको गल्भावन उपत्यका भएको हिंसात्मक झडपका कारण चीनले आफ्नो लडाकु विमानको सिमानामा मजबुत बनाएसँगै भारतलेपनि चीनलाई पाठ सिकाउन सीमानामा हवाई रक्षा मिसाइल प्रणाली खडा गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
