बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा हुन थालेको छ । यसअघि हल्काफुल्का लोक गीतहरुमा मात्र अभिनय गर्दै आएकी अञ्जलीले बोलमाया मार्फत आफूमा निहीत अभिनय क्षमतालाई निखारेर प्रस्तुत गरेसँगै उनका एकपछि अर्को दमदार गीतहरु आउने क्रम जारी नै छ ।
प्रसादको बनकी चरी र गलबन्दीपछि उनले अभिनय गरेको अर्को गीत म निदाएसी आयौमा पनि अञ्जलीले आँफुलाई अहिलेसम्मकै फरक अवतारमा ढालेकी छिन् । अभिनयमा अञ्जलीलाई जीवन भट्राई र रिचा थापाले साथ दिएका छन् । नरेश गौतमका शब्द शृजनामा एनके ब्रदरर्सको संगीतमा गायक नवराज सापकोटा सलल बगेका छन् ।
छोटो समयमा नै चर्चा कमाएको गीतको निर्देशन प्रकाश धितालले गरेका हुन् । गीतले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यलाई निर्देशक धितालले गज्जबसँग प्रस्ुत गर्न सफल भएका छन् ।
छक्का पञ्जा, हल्का रमाइलो जस्ता फिल्म र टेलिफिल्ममा अभिनय गरेर चर्चा कमाएकी चर्चित कलाकार काली बुढी अर्थात बल्छिकी आमाले ठडाइन् काठमाडौँमा नै गज्जबको घर, यस्तो मज्जाको कमाई भएकी यि काली बुढी करोडपति कलाकारमा गनिन्छिन्, अभिनयबाट बाहेक यस्तो मज्जाको कमाई गर्छिन् कालीबुढी, राज थाहा पाएर छक्क पर्नुहुनेछ तपाई, हेर्नुहोस् भिडियो
पुँजीगत लाभाकर बढाएर ७.५ प्रतिशत पुर्याएकोमा लगानीकर्ता असन्तुष्ट, अर्थमन्त्रीलाई भेटेर घटाउन दबाब दिँदै सरकारले यही साउन १ गतेदेखि ५ प्रतिशत लिइदै आएको पुँजीगत लाभकरलाई बढाएर ७.५ पुर्याएकोमा लगानीकर्ता असन्तुष्ट देखिएका छन् । लगानीकर्ताहरुले नव नियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर बढाइएको पुँजीगत लाभकर घटाउन सुझाव दिने तयारी गरिरहेका छन् ।
लगानीकर्ताहरुले एक दुई दिन भित्रैमा अर्थमन्त्री शर्मालाई भेटेर बढाइएको पुँजीगत लाभकर घटाउन आग्रह गर्ने भएका छन् । शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमले सरकारले बढाएको पुँजीगत लाभकर घटाउन सुझाव दिन लागेको हो ।
