डीएनएको खबरका अनुसार शिल्पाको मंगलबारका लागि सुटिङ शेड्युल थियो तर उनी शुटका लागि गइनन् किनभने सोमबार राती उनका श्रीमान् राजलाई मुम्बईको अपराध शाखाले पक्राउ गर्यो ।
खबरका अनुसार नायिका हाल आफ्नी बहिनी शमिता र आमासँग जुहूस्थित बंगलामा छिन् । शिल्पाको कुरा गर्ने हो भने उनी शो सुपर डान्सरको विषयमा धेरैजसो चर्चामा रहन्छिन् ।
उनको वर्कफ्रन्टको कुरा गर्नुपर्दा उनी फिल्ममा फिर्ता हुँदैछिन् । उनी फिल्म हंगामा टुमा देखिनेछिन् । यो फिल्ममा परेश रावल र मिजान जाफरी पनि छन् । फिल्मको गीतसमेत रिलिज भइसकेको छ ।
