काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले
बेहोर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिको कांग्रेस युवा नेता गगन थापाले ‘वि,रोध जनाएका छन् ।
संसद बचाउन खनालको महत्वपूर्ण योगदानको चर्चा गर्दै व्यक्तिको उपचार खर्च सरकारले बेहोर्ने विषय गै,रका,नुनी भएको थापाको भनाई छ ।
‘जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ।नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान
पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ।
झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं।
मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ’ थापाले भनेका छन्, ‘उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ।उहाँलाई उपचार खर्च जुटाउनु पर्ने
अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै।यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने
विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’
२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा कांग्रेसको पहल र संशोधनमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए
तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने व्यवस्था रहेको छ उक्त कानून २०७५र६र२ गतेदेखि लागू भइसकेको उनले बताएका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार मात्र प्रचण्डकाे माेबाइलबाट फाेन गर्दै खनालकाे उपचार खर्च सबै सरकारले ब्यहाेर्ने बताएका थिए ।
खनाल केही समययता दिल्लीमा उपचाररतः छन् । उनकाे मृर्गाैलामा समस्या अाएकाे बताइन्छ ।
यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न नपाउने उनको भनाई छ ।
कानूनको यो व्यवस्थाको सम्बन्धमा प्रधानमन्त्री प्रष्ट भएको उनको भनाइ छ ।
अत : कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन
भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ। थापाले भनेका छन् ।
