व्यवसायीले बिहीबार बिहान साना तथा ठूला सवारी साधनसहित -याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध -याली निकाल्दा थप जाम भएको थियाे । व्यवसायीले चक्रपथमा सवारी -याली निकालेका थिए ।
१० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । साथै उनीहरुले कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउनउनुपर्ने, कोरोना समयमा नवीकरण या जरिवाना छुटको माग राखेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा उक्त विराध -याली भएकाे हाे ।
