मास्कभित्र लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई किशोर प,क्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पैंयाखोरेका १८ वर्षीय प्रकाश विक र तुलसीपुर ५ का १४ वर्षीय किरण विक प,क्राउ परेका हुन्।
बाँकेको नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरू चेक जाँचका क्रममा तुलसीपुर १३ दमारगाउँबाट बुधबार बेलुका प,क्राउ परेका हुन्।
प्रकाशले चलाएको मोटरसाइकलको पछाडि सवार किरणले आफूले लगाएको मास्कभित्र लुकाई छिपाई राखेको अवस्थामा ३ पुरियाको २ ग्राम ला,गुऔषध ब्रा,उन सुगर बरामद भएको जिल्ला प्र,हरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
जिल्ला प्र,हरी कार्यालय घोराही र इलाका प्र,हरी कार्यालय तुलसीपुरबाट खटिएको सादा पोशाकका प्र,हरीले उनीहरूलाई बेलुका साढे ६ बजेतिर प,क्राउ गरेका थिए।
