नेकपा एमाले उर्लाबारी (माधव नेपाल) समूहका अध्यक्ष गंगा बाँस्तोलाले दुर्गापुरीको एभरेष्ट फन पार्क घटनामा आफ्नो समूहको कुनै संलग्नता नरहेको बताएका छन्।
उनले घटनामा आफ्नो समूहको संलग्नता नरहेको जिकिर गरे।
‘हाम्रो समूहमा रहेका नेता/कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनिसकिएको थियो,’ बाँस्तोलाले भने, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बद्नाम गराउन सुनियोजित हिसाबले आरोप लगाइयो।’
पदीय भागबण्डा नमिलेर संस्थापन पक्षबीचकै झगडाले त्यो रूप लिएको उनको दाबी छ।
नेकपा एमाले मोरङको उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा बिहीबार दिउँसो तोडफोड भएको थियो।
उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कस्थित बैठकस्थलमा तोडफोड भएको नेकपा एमाले उर्लाबारी नगर कमिटीले बताएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली संस्थापन पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आह्वान गरेको थियो। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तोडफोड गरेको आरोप एमाले संस्थापन पक्षको छ।
बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सीसामा क्षति पुगेको थियो।
